श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ १५ गते बुधबार, २९ जनवरी २०२० । माघ शुक्लपक्षको चतुर्थी तिथि ०८ः४२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वभाद्रपदा १०ः४२ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि मीन, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः४० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक सभासम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुने योग छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला  ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला–साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । आफ्नो कार्य क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । छोटो दूरीको लाभदायी यात्रा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । रमणीय स्थानको भ्रमण हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । व्यापार– व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य–व्यवसायमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहनेछ । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ स्रोत पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनाले मन प्रसन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । रमाइलोमा दिन बित्ला ।