सुनसरी / लगतार तीन पटक मेयर कपको उपाधी जित्दै उदयपुरको वेलका नगरपालिकाको वार्ड नम्वर ३ ले तीन लाख रुपैयाँ जितेको छ । यस अघि लगातार तीन पटक मेयर कपको उपाधी जित्ने वार्डलाई तीन लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको थियो ।

मंगलबार सम्पन्न तेस्रो मेयर कप फुटवल प्रतियोगितामा वार्ड नम्वर ३ ले घोषणा गरिएको लक्ष्य पुरा गर्दै नगद तीन लाख रुपैयाँ सहित ट्रफि प्राप्त गरेको हो । यो बाहेक विजेता टिमले प्रतियोगिताको विजेता बन्दै नियमित रकम बापतको ३५ हजार रुपैयाँ समेत प्राप्त गरेको बेलका नगरपालिकाको नगर युवा तथा खेलकुद विकास समितिकी अध्यक्ष सीता राईले बताइन् । मंगलबार सम्पन्न फाइनल खेलमा वेलका नगरपालिकाले आयोजना गरेको मेयर कप फुटवल प्रतियोगिताको उपाधि वार्ड नम्वर ३ ले जितेको हो ।

विजेता वार्डले नगद ३ लाख पैतिस हजार रुपैयाँ सहिहत ट्रफि प्राप्त गरेको छ । गत माघ ७ गतेदेखि शूरु भएको सो प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा वार्ड नम्वर ४ लाई तीन सून्यको अन्तरले पराजित गर्दै उपाधी जितेको आयोजकले जनाएको छ । बेलका नगरपालिकाको मेयर दुर्गा कुमार थापाले ३ पटक मेयर कप जित्ने नगरका टिमले रु ३ लाख प्राप्त गर्ने ३ बर्ष अघि घोषणाा गरेका थिए । वार्ड नम्वर ४ को सुनाखरी क्लव खेल मैदानमा भएको फाइनल खेलमा नगर प्रमुख दुर्गाबहादुर थापाले विजेता तथा उपविजेता टीमलाई पुरस्कार प्रदान गरेका थिए ।

बेलका नगरपालिकाको सहयोग तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र सुनाखरि क्लवको सहआयोजनामा सञ्चालन भएको मेयर कप फुटबल प्रतियोगितामा ९ वटा वार्डबाट एक एक टिम र सह आयोजक गरी १० टिमको सहभागिता रहेको थियो । युवा तथा खेलकुद विकास समितिकि अध्यक्ष सीता राईको अध्यक्षतामा भएको खेलको समापन गर्दै निरन्तर ३ पटक मेयर कप बिजेता तथा कपमा सहभागी सबै अतिथिहरुले धन्यवाद सहित प्रदान गरेका थिए ।

उपाधिका लागि वडा नम्बर ३ का कृष्ण शाहले मध्यान्तर को ७ मिनट पश्चात् गोल गरेका थिए । यस्तै अजय राईले खेलको ५५ मिनेमा र अन्तम समयमा पुन कृष्ण शाहले गोल गरेका थिए । प्रतियोगितामा बेस्ट किपर रामुमार मगर वडा नम्बर ३ भए भने , वेष्ट डिफेन्डर वार्ड ४ का यकेन्द राना घोषित भएको आयोजले जनाएको छ । यस्तै हाइ स्कोर बेलका नगरपालिका ४ का सागर पाण्डे र बेस्ट प्लेयर बिकि मगर घोषित भए ।