श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ १७ गते शुक्रबार, ३१ जनवरी २०२० । माघ शुक्लपक्षको षष्ठी तिथि १२ः५९ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र रेवती १५ः५१ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः४२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजकहरू सुचारु होलान् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमणीय स्थानको भ्रमण हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । सेवामूलक कार्यमा संलग्न भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । यात्रा सफल हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य–व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राको अवसर प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका कामकाजहरू सुचारु हुनेछन् । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । फलदायी यात्रा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । पारिवारिक स्वास्थ्य उपचारमा ठूलै धनराशि खर्च होला । यात्रा कष्टकर रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य–व्यवसायमा सफलता मिल्ला । साथीभाइको सहयोग प्राप्त भइरहला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभसमाचार सुन्न पाइएला ।