श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ १८ गते शनिबार, ०१ फेब्रुअरी २०२० । माघ शुक्लपक्षको सप्तमी तिथि १४ः५१ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र अश्विनी १८ः०९ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः४३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)

धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समय सामान्यखालको छ । बन्न लागेको कार्य–व्यवसायमा केही बाधा आइपर्न सक्छ । यात्रा फलदायी देखिन्न ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । मन प्रसन्न रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

माङ्गलिक कार्यको योग छ । परीक्षा आदि प्रतिस्पर्धामा सफल भइएला । नाम र इज्जत कमाउने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समय उत्तमखालको छ । कार्य–व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ । संयमित रहनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेम र मित्रताको बन्धन कसिनेछ । नयाँ कार्य–व्यवसायको शुभारम्भ होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय उत्तमखालको छ । चोटपटक तथा दुर्घटनाको भय होला । सवारी साधनको प्रयोगमा सावधानी हुनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शरीर अस्वस्थ रहला । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका हुन सक्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्य–व्यवसायमा सफलता मिल्ला । राजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला । लाभदायी यात्रामा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समय उत्तमखालको छ । न्यायिक क्षेत्रमा सफलता मिल्ला । वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न रहला ।