श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ २० गते सोमबार, ०३ फेब्रुअरी २०२० । माघ शुक्लपक्षको नवमी तिथि १७ः२४ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र कृतिका २०ः०६ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः४४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । फलदायी भ्रमण हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ने योग परेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । दिन शुभ छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दा–मामिलामा तपाईंको विजय होला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । साथीभाइको सहयोग मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्नेछ । शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । महिला मित्रको सहयोग प्राप्त हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभकार्यको चर्चा चल्नेछ । अधुरा कामकाजहरू सुचारु हुनेछन् । धर्म–कर्म तथा समाजका सेवामा मन जानेछ ।