कोरोना भाइरस जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । अनुमान गरिए अनुसार जनावरबाट नै नयाँ भाइरसको सुरुवात भएको भनिए पनि यही जनावर भनेर पत्ता लागिसकेको छैन । अरू भाइरसमा यही जनावरबाट सर्छ भनेर भन्ने गरेका छौँ तर यो नयाँ भएकाले भन्न सकिन्न ।

तर, चीनमा नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ । अहिले सङ्क्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ । कोरोना भाइरसको वास्तविक नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।विश्व स्वास्थ्य सङ्गठन ले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् ।

मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन प्राणघातक पनि हुन सक्छ । हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविष्कार भएको छैन । कोरोना भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियाे। अहिले यो भाइरस चीनबाट विभिन्न देशहरूमा फैलिरहेको छ ।

कोरोना भाइरसको लक्षणहरू
– ज्वरो आउनु र खोकी लाग्नु,
– छिटोछिटो सास फेर्नु,
– सास फेर्न गाह्रो हुने,
– समयमा उपचार नभएका निमोनिया हुनु,
– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,
– मिर्गाैलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ ।

कोरोना भाइसरको सङ्क्रमणबाट बच्न के गर्ने ?
– जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने ।
– खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने ।
– व्यक्तिगत सरसफाइमा ध्यान दिने।
– रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने ।
– भीडभाडमा सावधानी अपनाउने ।
(यदि लक्षण देखिएमा अस्पतालमा चिकिस्तकलाई सम्पर्क गर्ने।)
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान