श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ २२ गते बुधबार, ०५ फेब्रुअरी २०२० । माघ शुक्लपक्षको एकादशी तिथि १७ः५९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मृगाशिरा २३ः०७ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः४७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
विद्या र बुद्धिको विकास हुनेछ । व्यापार –व्यवसाय सोचेभन्दा राम्रो हुनेछ । अवरुद्ध कामकाज सुचारु हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ  । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । दिन फलदायक छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जाला । घर–परिवारमा धार्मिक कार्यको आयोजना होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । दिनको उत्तराद्र्धतिर शुभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेट हुने योग परेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यमखालको छ । महŒवपूर्ण सामान हराउने वा चोरी हुने सम्भावना रहला । वैदेशिक यात्रामा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीरमा स्फूर्ति र उमङ्ग छाउला । कार्य–व्यवसायमा सफलता मिल्ला । वैदेशिक यात्रा फलदायी रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला ।