श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ २४ गते शुक्रबार, ०७ फेब्रुअरी २०२० । माघ शुक्लपक्षको त्रयोदशी तिथि १६ः३४ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पुनर्वशु २२ः४४ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः४९ र सूर्यास्त ५ः४७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
अध्ययन–अध्यापनमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । व्यापार–व्यवसायमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अप्रिय समाचारले मन दुःखी रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । विवाह, ब्रतबन्ध जस्ता माङ्गलिक कार्यक्रममा संलग्न भइएला । मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य–व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रो छ । मनमा लागेका इच्छा आकाङ्क्षा पूरा हुनेछन् । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । साथीभाइको सहयोग प्राप्त भइरहला । लाभदायी यात्राको अवसर मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । बन्न लागेको कार्यमा बाधाहरू आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।