श्री शालिवाहनीय शाके १९४१, ने. सं.११४०, वि. सं. २०७६ साल माघ २५ गते शनिबार, ०८ फेब्रुअरी २०२० । माघ शुक्लपक्षको चतुर्दशी तिथि १५ः१२ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र तिष्य २१ः५५ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः४९ र सूर्यास्त ५ः४८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कार्य–व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्नेछ  ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला र गलाको प्रभाव बढ्नेछ । आर्थिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । भाग्यले अवसर जुराउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्चस्थान रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन पाइएला । स्वभाव विपरीतका कार्यप्रति आकर्षण बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नया“ ज्ञान सिक्ने मौका मिल्नेछ । लगन शीलताले कामकाजहरू अगाडि बढ्नेछन् । साथीभाइको सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम गर्ने जोश, जा“गर र हिम्मत बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । अनावश्यक कामको झन्झट आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला  । वैदेशिक यात्राको अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।