श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ २६ गते आइतबार, ०९ फेब्रुअरी २०२० । माघ शुक्लपक्षको पूर्णिमा तिथि १३ः३० बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अश्लेषा २०ः४८ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः४८ र सूर्यास्त ५ः४९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनका इच्छा आकाङ्क्षा पूर्ण हुनेछन् । आरम्भ गरेको काममा सफलता मिल्ला । एकपछि अर्को अवसर मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नया“ ज्ञान सिक्ने मौका मिल्नेछ । लगन शीलताले कामकाज अगाडि बढ्नेछ । साथीभाइको सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ । रोकिएका कामकाजहरू सुचारु हुनेछन् । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य–व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । बन्न लागेको कार्य –व्यवसायमा केही समस्या आइपर्न सक्छ । शरीर अस्वस्थ रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । गरिरहेको कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइहरूको सहयोग प्राप्त भइरहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सभा सम्मेलनमा सहभागी भइएला । राज नैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । शुभसमाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भाग्यले विभिन्न अवसरहरू जुराउनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ । नया“ कार्यको शुभारम्भ होला ।