ब्लाष्टखबर । सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियो जसमा १३ देखी १६ वर्ष उमेर समूह जस्तो देखिने करिब ७ युवतीहरूको समूहले एक युवतीलाई अस्लील शब्द प्रयोग गरी निर्घात कुटपीट गरिरहेको देखिन्छ ।

उस्तै उमेर समूहका युवतीहरूको समूहले कुटपीट देखेर सामाजिक सञ्जालमा ति कुटपिट गर्ने तथा कुटाइ खाने को हुन् ? र किन कुटेका हुन् भन्ने कैतुहतासहित कुटपिट गर्नेलाई कारबाही गरिनु पर्छ भन्दै अहिले भिडियो भाइरल बनिरहको छ । तथापि, कहाँबाट सामाजिक सञ्जालमा भिडियो अपलोड भयो भन्ने कुनै तथ्य फेला नपरिरहको अवस्थामा भिडियो हेरेर कुटाइ खाने काठमाडौंको धापासीबाट १ महिनाअघि हराएकी छोरी कल्पना चौधरी हो भन्दै एक महिला समाजिक सञ्जालमा आएकी छन् ।

त्यस्तै सामाजिक सञ्जालमा पिटाइ खाने युवतीको आमाको सन्देश भनेर स्टाटस पनि भिडियोसँगै भाइरल बनेको छ । उक्त भाइरल भिडियोलाई लिएर, पिटाइ खाने युवती गम्भीर अवस्थामा वर्दिबासको एक अस्पताल भर्ना भएको भन्ने पनि सामाजिक सञ्जालमा आइरहँदा भिडियोमा भएको घटना झापाको दमकमा भएको र पिटाइ खाने र पिट्ने सबै दमककै रहेको खुलेको छ ।

करिब २ हप्ता अगाडि भएको र उक्त घटनामा कुटाइ खाने रेविका विश्वकर्मा रहेको खुलेको छ । घटना लागूऔषधको विषयमा भएको बताइएको छ । दमकस्थित पाथिभरा एफएममा कार्यरत प्रजिता डङ्गोलले शनिबार आफ्नो युट्युव च्यानल राखेको एक भिडियोमा भिडियोमा कुटाइ खाने युवती आफू रहको दाबी गरेकी छन् ।

रेविका विश्वकर्मा रहेकी उक्त युवतीले करिब २ हप्ता अगाडि उक्त घटना भएको भन्दै आफूलाई पिट्ने आफ्नै साथीहरू रहेको बताएकी छन् । आफूसँग मागेर एक साथीले लागूऔषध प्रयोग गरेको र साथीले लागूअाैषध प्रयोग गरेको घटना अर्को साथीलाई सुनाउँदा आफ्नै साथीहरु मिलेर आफूलाई पिटेको भिडियोमा उनले खुलाएकी छन् । उनको दायाँ आखामा अझै पनि दाग रहेको छ ।

बुबा वैदेशिक रोजगारमा रहेको र आमा अर्कैसँग गएको बताउने ती युवतीले आफूहरूसँगै भाडामा बस्ने रहेको बताएकी छन् । माइधार घर बताउने ती युवतीले सानैदेखि आफू फूपुकोका बस्दै आएकोमा केही समयदेखि तिनै साथीहरूसँग कोठा भाडामा बस्ने गरेकोमा पुनः फूपुकोमा नै बस्ने गरेको बताएकी छन् ।

भाइरल भएको आमाको सन्देश नामक स्ट्याटसमा रहको नम्बरमा भने यो भिडियाे तयार गरुन्जेल सम्पर्क हुन सकेको छैन ।