श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ २८ गते मङ्गलबार, ११ फेब्रुअरी २०२० । फाल्गुन कृष्णपक्षको द्वितीया तिथि ०९ः३८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पूर्वफाल्गुनी १७ः५२ बजेसम्म, उप्रान्त उत्तराफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः४७ र सूर्यास्त ५ः५१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राको योग छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । व्यापार–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनको क्षेत्रमा मन जानेछ । कार्य–व्यवसायमा सफलता मिल्ला । साथीभाइबाट सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । छोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महŒवपूर्ण कामको शुभारम्भ हुनेछ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन–पाठन तथा लेखन कार्यमा खासै मन नजाला । बन्न लागेको काममा बाधाहरू आइपर्न सक्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नया“ ज्ञान सिक्ने मौका मिल्ला । रमाइलोमा दिन बित्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । अधिकार प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । सरकारी निकायको भय होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नसोचेका ठाउँबाट धन आर्जन हुनेछ । नयाँ कार्य–व्यवसायको शुभारम्भ होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य–व्यवसायमा सफलता मिल्ला । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइएला । मन प्रसन्न बन्नेछ ।