श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ २९ गते बुधबार, १२ फेब्रुअरी २०२० । फाल्गुण कृष्णपक्षको तृतीया तिथि ०६ः५९ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र उत्तराफाल्गुनी १६ः१२ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः४६ र सूर्यास्त ५ः५१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ  । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । बाधा अड्चन आइपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभ कार्यको चर्चा चल्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनको क्षेत्रमा मन जानेछ । कार्य–व्यवसायमा सफलता मिल्नेछ । साथीभाइबाट सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । नया“ कार्य– व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । महिला मित्रबाट विशेष सहयोग मिल्ला । लाभदायी यात्राको अवसर प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । अनावश्यक काममा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । दिन शुभ छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।