श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन १ गते बिहीबार, १३ फेब्रुअरी २०२० । फाल्गुण कृष्णपक्षको पञ्चमी तिथि २६ः१६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र हस्ता १४ः३२ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः४५ र सूर्यास्त ५ः५२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
घरमा अतिथिको आगमन हुने देखिन्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । मुद्दा–मामिलामा विजय होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । बन्धुबान्धवबाट राम्रै सहयोग मिल्नेछ । प्रेमपक्षमा असफल भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साहित्य क्षेँत्रमा रुचि बढ्नेछ । विश्वास गरेकाबाट धोका होला । दैनिक काम कारबाहीमा नैराश्यता हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमका कोपिलाहरू फक्रिएर जालान् । पति पत्नीबीच सुमधुर सम्बन्ध रहला । स्वास्थ्य प्रतिकूल रहने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुनर्मिलनको योग रहेको देखिन्छ । विश्वास गरेकाले साथ दिनेछन् । यात्राको योग देखिन्छ । प्रेमपक्ष भने सामान्य नै छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढेर जाने देखिन्छ । अचल सम्पत्तिको चर्चा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमी–प्रेमिका बीच मनमुटाव होला । सामाजिक प्रतिष्ठामा विवाद देखिन्छ । विवादमा पर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विद्यार्थीवर्गका लागि आजको दिन त्यति उत्तम देखि“दैन । कृषि तथा तत्जन्य कार्यमा मन दिएर काम गर्नु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेममा सफलता प्राप्त नहुन सक्छ । मन खिन्न रहला । दिनको उत्तराद्र्धमा चाहि“ खुशीको खबर सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पेशा, नोकरी वा कामको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक कार्यमा सफलता प्राप्त होला । प्रेमपक्ष भने सामान्य छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र, आभूषण प्राप्त होला । मन परेको वस्तु प्राप्त हुनेछ । मन प्रफुल्लित रहला । प्रेममा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारमा खटपट होला । आधुनिक सामग्रीमा खर्च बढ्नेछ । काममा लगनशील र धैर्यवान् रहनुहोला ।