सुनसरी । इटहरीको सेक्रेड हार्ट स्कुलको आयोजनामा हुँदै आएको सेस भलिवल प्रतियोगिताको चौथो संस्करण शुक्रबारदेखि शूरु भएको छ । विद्यालय प्राङ्गणमा शुक्रबार सो प्रतियोगिता शूरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर १ का कृषी तथा भूमिसुधार राज्य मन्त्री रामबहादुर रानाले गरेका थिए ।

प्रतियोगिताको उद्घाटनका दिन छात्र तर्फ तीन र छात्रा तर्फ तीन खेल सम्पन्न भएको आयोजकले जनाएको छ । जस अन्तरगत छात्रा तर्फको खेलमा सेक्रेट हार्ट, ज्ञान दर्पण र युनाइटेड गोरखा एकेडेमी विजयी भएको आयोजकले जनाएको छ । सेक्रेटहार्टले सुनसरी किस्टल स्कुलाई पराजित गरेको थियो भने ज्ञान दर्पणले समिट स्कुललाई पराजित गरेको र तेस्रो खेल युनाइटेड गोरखा एकेडेमी धरानले कोशी सेन्ट जेम्स इटहरीलाई पराजित गरेको विद्यालयका भाईस प्रिन्सिपल अग्नी न्यौपालनेले जानकारी दिए ।

यसै गरी छात्र तर्फको खेलमा ज्ञान दर्पण, आयोजक सेक्रेट हार्ट र युनाइटेड गोरखा एकेडेमी विजयी भएको आयोजकले जनाएको छ । समिट स्कुल धरानलाई ज्ञान दर्पण स्कुलले पराजित गरेको र भृकुटी स्कुललाई आयोजक सेक्रेट हार्टले पराजित गरेको आयोजकले जनाएको छ । यस्तै अर्कोखेलमा युनिक स्कुल झुम्कालाई युनाइटेड गोर्खा एकेडेमीले पराजित गरेको आयोजकले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवप्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल डीककुमार तामाङले प्रतियोगिता बारे जानकारी गराएका थिए । प्रतियोगितामा जम्मा छात्र तर्फ १८ र छात्रा तर्फ १६ वटा टीमको सहभागिता रहेको आयोजकले जनाएको छ । फागुन ५ गते प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा कुल ६६हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । जसमध्ये प्रतियोगिता विजेता छात्र र छात्रा दुवै तर्फले नगद १३ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोस्रो हुने प्रतियोगिले नगद १० हजार र तेस्रो हुने टीमले ७ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै गरी उत्कृष्ट सेटर, स्पाइकर, र सर्वोत्कृष्ट खेलाडीको समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट सर्भिस, रक्षक र उत्कृष्ट खेलाडीको समेत पुरस्कारप्रदान गरिने छ । सेक्रेटह ार्ट स्कुलको आयोजनामा विगत ४ वर्षदेखि निरन्तर जिल्ला स्तरीय अन्तरविद्यालय छात्र छात्रा सेस भलिबल कप प्रतियोगिता आयोजना गर्दै आएको छ ।द