श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन ०३ गते शनिबार, १५ फेब्रुअरी २०२० । फागुन कृष्णपक्षको सप्तमी तिथि २२ः०१ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र स्वाती ११ः३० बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः४४ र सूर्यास्त ५ः५३ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कुविचारले ग्रस्त बनाउला । अनावश्यक विलासी क्षेत्रमा खर्च बढेर जाला । परिवारमा माङ्गलिक कार्य हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्वपूर्ण कार्यमा जिम्मेवारी आउला । नयाँ सीप सिक्ने समय आएको छ । उपहार तथा सम्मान पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विपरीतलिङ्गीको असहयोगले काममा बाधा उत्पन्न हुनेछ । साहस गरेर काम गर्नका लागि निर्णय गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उपहार पाइने समय आएको छ । न्यायिक कार्यमा सफल भइएला । मिष्ठान्न भोजन र पारिवारिक जमघट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक प्रतिष्ठा बढेर जाला । विशिष्ट व्यक्तिको सहयोग पाइएला । दिनको उत्तराद्र्ध बढी सुखप्रद देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक कारोबारमा मन्दी आउला । धातुजन्य व्यवसायको लगानी मात्र सफल हुने देखिन्छ । अन्य कुरा भने राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य विषयमा विवाद होला । बोल्दा विचार गरेको राम्रो हुन्छ । दिनको पूर्वाद्र्धभन्दा उत्तराद्र्ध सुखद् छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभकर्ममा मन जाला । मन प्रफुल्ल हुनेछ । काम गर्दा विचार पु¥याउनु होला । फलदायी यात्राको अवसर मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुराना मित्रसंग भेटघाट होला । पूर्वाद्र्धमा सामान्य व्यक्तिबाट ठूलै सहयोग हुनेछ । छोटो दूरीको फलदायी यात्रा होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि व्यवसायबाट राम्रै फल प्राप्त होला । एक्लो महसुस भए पनि साहस गर्न नछोड्नु होला । फलदायी यात्राको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ वस्त्र तथा अलङ्कार प्राप्त होला । एकपछि अर्को अवसर प्राप्त हुनाले मन प्रसन्न रहला । प्रेममा प्रगति नै देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रामा सामान्य चोटपटक लाग्न सक्छ । सजग रहनु होला । बोलीको प्रभावले सबैको मन जित्न सकिनेछ ।