श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन ०४ गते आइतबार, १६ फेब्रुअरी २०२० । फागुन कृष्णपक्षको अष्टमी तिथि २०ः१५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र विशाखा १०ः१८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः४३ र सूर्यास्त ५ः५४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कामबाट लाभ नभए पनि पारिवारिक समस्याहरू भने सुल्झेलान् । औद्योगिक क्षेत्रको लगानी सफल हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्राको योग देखिन्छ । यात्रा गर्दा सामग्रीको सुरक्षा गर्नु होला । संस्कृतिका क्षेत्रमा रुचि बढेर जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दैनिक कामहरू सहज बनेर जालान् । व्यापार–व्यवसायमा राम्रै आम्दानी हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगानीका बाटाहरू खुल्नेछन् । शत्रु परास्त भएर जालान् । मिष्ठान्न भोजन मिल्नेछ । परिवारमा खुशीको खबर मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रिय व्यक्तिस“ग बिछोड हुने देखिन्छ । मन खिन्न रहला । वैदेशिक कामका उल्झन सुल्झिनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बिना कारण अपजस खेप्नु पर्ला । कार्य गर्ने जोश, जा“गर बढेर जानेछ । औषधिको व्यापारमा लाभ मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विवादित विषयको निष्कर्ष निक्लिएला । प्रशंसकहरू बढेर जालान् । प्रतिस्पर्धीलाई सजिलै जित्न सक्नु हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगी हातहरू जुट्नाले थालेको काममा सफलता मिल्नेछ । स्वास्थ्य समस्याले सताउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी सामान्य होला । आर्थिक सङ्कट पर्ला । कामको अवसर भने प्रशस्तै पाइएला । प्रेममा सफलता मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नया“ वस्त्रालङ्कार प्राप्त होला । एकपछि अर्को अवसर प्राप्त हुनाले मन प्रसन्न रहला । प्रेममा प्रगति नै देखिन्छ  ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
क्षेत्रगत प्रभुत्व बढेर जाला । पैतृक सम्पत्ति प्राप्त होला । साहित्य तथा कलाका क्षेत्रमा मन जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लाभदायक यात्राको योग देखिन्छ । परिवारमा रमाइलो भेटघाट होला । वैदेशिक यात्राको लागि दिन राम्रो देखिन्छ ।