श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन ०७ गते बुधबार, १९ फेब्रुअरी २०२० । फागुन कृष्णपक्षको एकादशी तिथि १७ः१६ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मूल ०८ः४६ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः५६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शत्रु परास्त रहलान् । काममा नयाँ इतिहास रचिएला । सामान्य सोचेका व्यक्तिबाट सहयोग हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पशु चौपायाको व्यापार–व्यवसायमा राम्रै लाभ हुनेछ । दिनको उत्तराद्र्धमा भने अप्रिय समचार सुन्नु पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेममा सफल भइएला । जाति, भाषा र संस्कृतिप्रति रुचि बढ्ने देखिन्छ । अनुशासित भएर काम गर्नु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको प्रभाव पर्नेछ । विवादित हुने योग परेकोले सतर्क रहनु होला । अध्यापनका क्षेत्रमा सफल भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा बाधा हुनेछ । कार्य कुशलताले कामकाजमा सफल भइएला । विद्यार्थीवर्गका लागि आजको दिन उत्तम छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन सामान्य देखिन्छ । काममा जाँगर देखाउनु होला । नोकरीमा पदोन्नति हुनेछ । यात्रा असफल हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन अध्यापनका क्षेत्रमा राम्रै लाभ हुनेछ । विषयविज्ञसँग भेटघाट होला । दिनको उत्तराद्र्ध कष्टप्रद देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्त्रीजातिको सहयोगमा गरेका काममा सफल भइएला । व्यापारिक सम्बन्धमा सुधार आउने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज मन खिन्न रहला । काम गरेजस्तो प्रतिफल प्राप्त नहोला । सजग भई आफ्नो काममा लाग्नु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन राम्रै देखिन्छ । लगनशील रहनुहोला । आफ्नो लगानीको फल राम्रै हुनेछ । अध्ययनका क्षेत्रमा उन्नति होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि व्यवसायमा लगानी गरेजस्तो प्रतिफल नपाइएला । पारिवारिक समस्यामा दिन बित्नेछ । सन्तान पक्ष राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा बिना कारण अपजस खेप्नुपर्ला । सामाजिक उत्तरदायित्वमा प्रश्न उठ्ने देखिन्छ । प्रेममा भने सफल भइएला ।