श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल फागुन ०८ गते बिहीबार, २० फेब्रुअरी २०२० । फागुन कृष्णपक्षको द्वादशी तिथि १७ः१२ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पूर्वषाढा ०९ः०८ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः४० र सूर्यास्त ५ः५७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पति पत्नीमा झै–झगडा होला । साथीभाइका जमघटले मन प्रशन्न रहला । दिन सामान्य छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अनायसै विवादमा नपरेकै राम्रो देखिन्छ । काममा धैर्य राख्नु होला । सन्तान पक्ष भने सबल देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दैनिक कार्यहरू सजिलै सुल्झेलान् । मुद्दा–मामिला समय थपिनेछ । विनासित्तिको यात्रा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोचेको जस्तो प्रगति हुने छैन । प्रतिकुल निर्णय नहोला । सामाजिक प्रतिष्ठानमा प्रश्न खडा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
असहज परिस्थितिको सामना गर्नुपर्ला । व्यापार व्यवसायमा घाटा हुनेछ । अप्रिय समाचार सुन्नु पर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अचानक यात्रा गर्नु पर्ला । रमणीय क्षेत्रको अवलोकन होला । विना प्रयोजन धन खर्च बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । धर्म कर्म परोपकार समाजसेवा जस्ता कार्यमा मन जानेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जिद्धीपनले गर्दा काम बिग्रिएला । सानातिना समस्यामा अल्झिनुपर्नेछ । प्रेममा बाधा र व्यवधान आइपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पशु चौपायामा राम्रै आम्दानी होला । व्यापार लगानी मुनाफा हुनेछ । पारिवारिक झमेलामा दिन जाला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धर्म संस्कृतिका विषयमा मन जानेछ । लाभदायक यात्रा होला । अल्झिएका काममा सफलता मिलनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ताके अनुसार काममा सफल नभइएला । विनाकारण अपजस बेहर्नुपर्ला । प्रेमी–प्रेमीका बीच मनमुटाव हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिस“ग भेटघाट हुनेछ । सामाजिक काममा मन जाला । वैदेशिक क्षेत्रमा भने प्रगति नहोला ।