जिरोपोइन्ट /  फागुन १० गते शनिबार हुनलागेको प्रभु बैंक धरान १० के रन आठौँ नेवाच्यारेटी २०७६ को सम्पूर्ण तयारी पुरा भएको बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
अन्तराष्ट्रिय मान्यता अनुसार यसवर्षबाट १० किलोमिटर दौड हुने छ । १२ वर्ष मुनिका बालबालिकाहरुको लागि भने ३ किमी हुने ।
यसपटकको दौडमा नेपाल भरीका धावक धाविकाको साथमा हङकङबाट ४, बङ्गलादेशबाट ३, अफ्रिकन नागरिक १ र मलेसियाबाट २ जनालेसमेत दौडमा भागलिने धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए । दौडमा सहभागि हुने धावक धाविकाहरुलाई प्रोत्साहन दिन क्यान्सर रोगलाई जितेर अहिले स्वास्थ्य जीवन विताइरहेका युके निवासी पाण्डव महतोले समेत दौडमा भाग लिने राईले बताए ।
नेपालकै सर्वाधिक धावक धाविका दौडने उक्त च्यारेटी रनमा यस वर्ष ४ हजार धावकधाविकाले दौडने छन् । सँगै मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडाले समेत सहभागिता जनाउदैछिन् ।
दौड भानु चोकबाट शुर हुँदै पुतलीलाईन, दुर्गाचोक, बुद्ध चोक, रत्नचोक, मंगलबारे, कल्याण चोक, पानी टेंकी, गणेशमानचोक, रंगशाला, जानकीचोक, जिरो पोइन्ट, अमरहाट, रेडक्रस भवन, हातिसार, विजयपुर चोक, पिण्डेश्वर मन्दिर, चिनियाचोक, पुरानो बजार देशीलाईन हुँदै पुनःभानुचोकमााआएर समापना हुने छ । जसमा १२ वर्ष मुनिका बालबालिका भने दुर्गा चोकबाट पुनःपुतलिलाइ तर्फ नै फर्कने छन् ।
यस पटक दौड पुरा गर्ने पहिलो २ हजार धावकधाविकाहरूलाई मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।