श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन ०९ गते शुक्रबार, २१ फेब्रुअरी २०२० । फागुन कृष्णपक्षको त्रयोदशी तिथि १७ः४० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र उत्तरषाढा १०ः०० बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः३९ र सूर्यास्त ५ः५८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । यात्रा फलदायी होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहने योग परेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । वैदेशिक यात्रा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला  । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा मन जानेछ । रमणीय स्थानको भ्रमण हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । नयाँ कार्य गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ  । विवाह व्रतबन्ध जस्ता कार्यक्रममा संलग्न भइएला । मित्र मिलनको योग छ ।