श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन १२ गते सोमबार, २४ फेब्रुअरी २०२० । फागुन कृष्णपक्षको प्रतिपदा तिथि २१ः५१ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र शतभिषा २२ः०० बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः३६ र सूर्यास्त ६ः०० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कार्य सम्पादनमा सफलता मिल्ला । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । यात्रामा सरिक भइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय मध्यमखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । दिन शुभ छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन अध्यापनमा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । धार्मिक यात्राको योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्रा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा विशेष लाभ मिल्ला । मातृपक्षको सहयोग प्राप्त भइरहला । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दैनिक कार्य व्यवसायमा सफलता मिल्ला । वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । सानो तिनो लगानीबाट ठुलै उपलब्धि मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।