देउराली । भारतमा दुर्घटनामा परि मृत्यु भएका इटहरीका ६ जना तिर्थयात्रीहरू शव आज ५ बजेपछि गङ्गा जमुना मुक्ती घाटमा सामुहिक दाहसस्कार  गरीने भएकाे छ ।

दुर्घटनामा परी ज्यान गुमाएका  इटहरीका ६ जनाकाे र अन्य ठाउँकाे १ जनाकाे शव बैङ्लोर  एरपोर्ट हुदै नेपालकालागी उडान भरेकाे बताउदै इटहरी उपमहानरकी उपमेयर लक्ष्मी गौतमले एउटै जहाज मा टिकट नपाएका कारण  अर्काे जहाजबाट सबै शव नेपाल ल्याइने फेसबुक मार्फत जानकारी गराएकी छिन ।  

शव ल्याउन परराष्ट्र मन्त्रालयले  टिकट खर्चकाे व्यावस्था गरीदिएकाे जानकारी गराउदै उनले इटहरी महानगरकाे अनुराेधमा समयमै सहयोग गरेकोमा पररास्ट्र मन्त्रालय , दिल्ली स्थित नेपाली दुताबासलाई धन्यबाद समेत दिएकी छिन् ।

शव काकडभिट्टाबाट २ बजे नेपाल प्रवेस गर्ने जानकारी गराउदै दुर्घटनामा परी ज्यान गुमाएका भारत तिर्थयात्रीहरुमा ६ जनाको सामुहिक दाहसस्कार आज साझ ५ बजेपछि गङ्गा जमुना मुक्ती घाटमा हुने पनि जानकारी गराएकी छिन् ।