धरान/ इन्स्टाग्राममा ५० मिलियन फलोवर्स पुगेकी बलिउड नायिका प्रियङ्का चोपडा पछिल्लो समय थप चर्चाको शिखरमा पुगेकी छन् ।

अमेरिकन गायक निक जोनाससँग वैवाहिक बन्धनमा बाँधिएकी ३७ वर्षीया चोपडाको सामाजिक सञ्जाल इन्स्टाग्राममा बिहीबारमात्रै ५० मिलियन फलोवर्स पुगेका हुन् ।

उनले इन्स्टाग्राममा एउटा पोष्ट गरेबापत २ करोड भारु लिने गरेकी छन् । केही दिनअघि मात्रै भारतीय क्रिकेटर विराट कोहिलीको पनि ५० लाख फओवर्स पुगेको थियो । विराटपछि मात्रै प्रियङ्काको फलोवर्सको सङ्ख्या ५० मिलियन पुगेको हो । प्रियङ्का सामाजिक सञ्जालमा पोष्ट गरेबापत नै २ करोड भारतीय रुपैयाँ कमाउने सेलिब्रेटीमध्येकी एक हुन् ।