ब्लाष्टखबर । धरानकी एक युवतीले हङकङमा छतबाट हामफालेर आत्महत्या गरेकी छिन्।

शनिबार धरान १९ भिक्टोरीया चौक कि २७ वर्षीय बृषीकाराइले हङकङ स्थित वान चाइ रोड स्थित ७ तलाको एक निजि आवाशिय भवनबाट फालेर आत्महत्या गरेकी हुन् ।

राईले आत्महत्या गर्न लागेको देखेर स्थानियले प्रहरीलाई खवर गरेसंगै प्रहरी र उद्दारकर्मी घटना स्थलमा पुगेपछि उद्दारकर्मीहरुको अनुरोध पश्चात तिनि सुरक्षित स्थानमा फर्किन राजी भएपनि अचानक भवनबाट तल खसेकी उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घटना पछि राईको उपचारका क्रममा रोतोन्जी अस्पताल मृत्यु भएको जानकारी प्रप्त भएको छ ।

दुई दाजु र एक दिदि रहेकी राईका एक दाजु र आमा युके बस्दै आएका र आमा संग केहिसमयदेखी बोलचाल नभएको जानकरी प्रप्त भएको बताउदै धरानका १९ का वडाध्क्ष पूर्ण बहादुर लिम्बुले मृतक धरान १९ कै रहको बताएका छन् । उनले दिदि कल्पना राई सिङ्गापुरमा भएकोले शव बुझ्न दिदि गएको जानकरी पाएको बताएका छन् ।

आत्महत्याकाे कारण डिप्रेसन भएकाे हुनसक्ने बुझिएकाे भन्दै वडाध्क्ष लिम्बुले भने ' धरानमा कान्छी भाउजु मात्र हुनुहुन्छ । '

 

भिडियाे स्राेत :बगैचा डटकम