श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन १४ गते बुधबार, २६ फेब्रुअरी २०२० । फागुन शुक्लपक्षको तृतीया तिथि २३ः५४ बजेसम्म, उप्रान्त चतृर्थी, नक्षत्र उत्तरभाद्रपदा २०ः३० बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः३४ र सूर्यास्त ६ः०१ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा हर्ष र उमङ्ग छाउला । दैनिक कार्य–व्यवसायमा सफलता मिल्ला । लगनशीलताले काम अगाडि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभसमाचार सुन्न पाइएला । व्यापार– व्यवसायबाट विशेष लाभ मिल्ला । घरमा नया“ सदस्यको आगमन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ । आय आर्जनका स्रोतहरू पत्ता लाग्नेछन् । मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ होला । शुभसमाचार सुन्न पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक यात्राको अवसर मिल्ला । धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रमाइलोमा दिन बित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । अनावश्यक कामको झन्झट आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । नसोचेको ठाउँबाट धन आगमन हुनेछ । प्रतिस्पर्धात्मक काममा विजयी भइएला ।