श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन १८ गते आइतबार, ३० फेब्रुअरी २०२० । फागुन शुक्लपक्षको षष्ठी तिथि ०७ः२३ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र कृतिका २३ः४१ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः३० र सूर्यास्त ६ः०४ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शुभकार्यको चर्चा चल्नेछ । मुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार–व्यवसायमा राम्रो हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दबाव र तनाव बढेको महसुस हुनेछ । महŒवपूर्ण अवसर गुम्न सक्छ । सवारी साधनको प्रयोगमा सावधान हुनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ । नोकरीमा बढुवा तथा स्थानान्तरण होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्रा गर्ने अवसर मिल्ला । परिवारजनको सहयोगले नयाँ कामको शुभारम्भ होला । यात्रा सफल हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । नपत्याएका साथीभाइबाट उचित सहयोग मिल्ला । लाभदायी यात्रा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । लाभदायी यात्रा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषिकार्य तथा कृषिजन्य काम र व्यवसायमा नै मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला । आर्थिक सङ्कट आइपर्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । सामाजिक कार्यक्रममा संलग्न भइएला । सहयोगीहरूको साथ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमणीय र सुखद् यात्राको योग छ । राज्य पक्षबाट मान सम्मान पाइएला । आर्थिक क्षेत्रमा विशेष लाभ मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।