श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन १९ गते सोमबार, २ मार्च २०२० । फागुन शुक्लपक्षको सप्तमी तिथि ०८ः२३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र रोहिणी ३०ः१२ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः२९ र सूर्यास्त ६ः०४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्राको अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । वैदेशिक यात्राको अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसरहरू जुराउनेछ । कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । पारिवारिक सहयोग प्राप्त भइरहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहनेछ । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । बन्न लागेको काममा समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशीलताले कामकाजहरू अगाडि बढ्नेछन् । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।