धरान / कोरोना संक्रमण प्रभावित मुलुकबाट आएका विमारीहरुको पहिचानका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेल्प डेक्स संचालनमा ल्याएको छ ।
चीनको बुहान प्रान्तमा कोरोनाको संक्रमण फैलने वितिकै प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहको नेतृत्वमा १२ सदस्यीय कोरोना भाइरस ¥यापिड रेस्पोन्स टिम बनाएको थियो । टिम घोषणा गरेको १ महिना १३ दिन पछि कोरोना भाइरस फैलन नदिन र सतर्कता अपनाउदैं सङ्क्रमित भेटिए उपचार गर्न बिहीबार डेस्क स्थापना गरेको हो ।
संक्रमण प्रभावित मुलुकबाट आएका विमारी पहिचान गरि काउनसेलिङ लागि हेल्प डेक्स राखिएको ¥यापिड रेस्पोन्स टिमका संयोजक तथा अस्पताल निर्देशक प्राडा. साहले जानकारी दिए ।
निर्देशक साहका अनुसार प्रतिष्ठानको इमेरजेन्सी, ओपिडीमा उपचारका लागि आउने विमारीहरुलाई चिकित्सकले विमारको इतिहास लिने क्रममा विदेशबाट आएको वा स्वदेशकै भन्ने विषयमा पहिचान गरि हेल्प डेक्समा रेफर गर्ने छ । हेल्प डेक्सबाट कोरोनाको सम्भावित लक्षणहरु ज्वारो आउने, रुघा मर्की लागेको, प्रेसर लो, श्वासप्रश्वासमा समस्या भएको व्यक्तिलाई १४ दिनसम्म घरमै बस्न सुझाउने गरेका छन् । उक्त लक्षण देखिएको र विदेशबाट आएको व्यक्तिलाई भने प्रतिष्ठानको निगरानीमा आइसोलेसन वडामा राखिने छ ।
आइसोलेसन वेडमा के उपचार हुन्छ
‘कोरोना आशंका लागेका विमारीका लागि विशेष उपचार छैन् । क्यारेन्टाइनमा वा आइसोलेसन बेडमा बसेर यदि संक्रमण भए अन्यतिर फैलन नदिन विशेष निगरानी गरिन्छ । कम्तिमा १४ दिन राखिन्छ । ‘यसको कुनै उपचार छैन् । कोही संक्रममित भएको शंका लागे छुट्टै राखेर राखिन्छ । अन्य परिवारमा संक्रमण फैलन नदिन यसो गरिएको हो । कोरोनाको टेष्ट ल्याव काठमाडौको टेकु अस्पतालमा बाहेक नेपालमा कही छैन् । थ्रोट स्लाव टेष्टका लागि टेकु पठाइन्छ । रिर्पोट नेगेटिम आए विमारीलाई घर पठाइन्छ । पोजेटिम देखिए थप आइसोलेसनमा राखिन्छ ।
 १० वटा आइसोसेलन बेड र ३ वटा आइसियु कोरोना संक्रमितलाई
प्रतिष्ठानले पेइङ वडाका १० वटा बेडलाई आइसोसेलन वाड बनाएर राखेको छ । हेल्प डेक्समा फ्याकल्टी, मेडिकल अफिसरहरुलाई परिचालन गरिएको छ । कोरोना आसंकाका विमारीलाई राख्न छुट्टै तीन वटा आइसियु बेडसमेत छुट्याएको छ । प्रतिष्ठानमा हालसम्म दुई जना विमारी आइसोलेसन वाडमा थिए । एक जना थ्रोट स्लाव टेष्ट नेगेटिम देखिए पछि घर फर्किएका छन् । कोरियाबाट भरखरै फर्किएका टेकु अस्पताल हुदैं धरान आएका एक जना भने आइसोलेसन वडामा रहेका छन् । उनको थ्रोट स्लाव टेष्टका लागि टेकु अस्पताल पठाइएको छ । रिर्पोट आइसकेको छैन् ।
चिकित्सकलाई सुरक्षा यस्तो छ
केही दिन अघि कोरियाबाट आएका एक व्यक्तिलाई आइसोलेसन वेडमा राखिएका बेला असुरक्षाका कारण कुनै पनि चिकित्सक आइसोलेसन वाडमा जान नमानेका थिएनन् । सुरक्षा व्यवस्थापनमा प्रतिष्ठानले चासो नदेखाएको भनेर चिकत्सिकहरुले आलोचना समेत गरेका थिए । रेस्पोन्स टिम बनेको उक महिना पछि भने चिकित्सकहरुका लागिे व्यक्तिगत सुरक्षाका सबै सामाग्रीहरु उपलब्द गराएको अस्पताल निर्देशक साहल ेबताए । आइसोलेसन वडाका विमारीको उपचारका लागि चिकित्सकका लागि एम९५ माक्स, गाउन, चस्मा, थर्मो स्केललगायत सुरक्षाका सामाग्री व्यवस्थापन गरिएकोे छ ।
चीनको बुहान प्रान्तबाट एकपछि अर्काे गर्दैै विभिन्न मुलुकमा सरेको कोरोना भइरसले सबैलाई आतङ्कित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले समेत विश्वभरका सबै अस्पताललाई सजग रहन आग्रह गरेको छ । यूरोपियन मुलुकमा यति बेला भयाभव स्थिति बनेको छ । व्रिटेनकी स्वास्थ्य राज्यमन्त्रीलाई संक्रमण लागेको छ । विश्वव्यापी सभा भेलाहरु स्थगित गरिएको छ ।