धरान / नयाँ रियालिटी शो ‘द लिडर’ को निर्णायकमा शृङ्खला खतिवडा थपिएकी छन् । केही महिनाअघि घोषणा गरिएको ‘द लिडर’ बाबुराम भट्टराई, सुशीला कार्की, रविन्द्र मिश्र निर्णायक हुने र रवि लामिछानेले कार्यक्रम सञ्चालन गर्ने बताइएको थियो ।
केही समयअघि प्रदीप गिरी र प्रदीप नेपाललाई पनि निर्णायक भनेर घोषणा गरिएको थियो । तर अहिले रमेश खरेल र शृङ्खला खतिवडालाई पनि राखिएको छ ।
शृङ्खलाले सामाजिक सञ्जालमा पोष्ट गर्दै शोमा जोडिएको बताएकी छन् । तर कोरोना भाइरसको कारण अडिसनको शुरुवातमा ढिलाइ हुनसक्ने विषयमा सामाजिक सञ्जालमा पोष्ट गर्दै जानकारी दिने बताइएको छ ।
‘द लिडर’ ले राजनीतिसँगै व्यापार, कानून, इञ्जिनियरिङ, कृषिलगायत जुनसुकै विषयमा पनि नेतृत्व विकास गर्न सक्ने शृङ्खलाले बताएकी छन् ।