ब्लाष्टखबर । कोशी अस्पतालबाट कोरोना आशंकामा रेफर गरिएको भनिएका विरामी आज  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्मर्पकमा पुगेका  छन् ।   

हिजै प्रतिष्ठानको आइसोलेसनमा रेफर गरिएका उनी आज  विहान पुगेका हुन् । मोरङको रंगेली ङर भएका उनी केहि दिन अघि साउदीबाट नेपाल आएका थिए ।  रुघाखोकीको पनि लक्ष्यण  देखिएपछि अस्पतालले शंका लागेर वीपी पठाएको थियो । 
कोशी अस्पतालमा प्रदेश सरकारले आइसोलेसन वडा तयार गरेको भनेर प्रचार गरे पनि पूर्ण तयारी नभएका कारण विमारीलाई धरान रेफर गरेको थियो ।
संकास्पर्ध विमारी भए पनि कोशीले छुट्टै एमबुलेन्समा नपाएर उनी बसमा सार्वजनिक बस चढेर धरान आएको प्रतिष्ठानका आकस्मिक कक्षका विभागीय प्रमुख डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए । ‘संका लागेका विमारी सार्वजनिक स्थलमा छाड्न नहुने हो । यहाँ बस चढेर आउनु भए छ । कोरोना पोजेटिम उहाँमा देखियो भने ती बसमा भएका सबैलाई कोरोना हुन्छ ।’–डा. मल्लले भने–‘यस्ता कुरामा सम्बेदनशिल हुनु पर्छ ।’
विमारीको इच्चा अनुसार उनलाई घरमै क्यारेन्टाइनमा बस्ने गरि प्रतिष्ठानले घर पठाएको छ । आज विदाको दिन परेकाले भोली उनको थ्रोट स्लाव लिएर ल्याव टेष्टका लागि काठमाडौ पठाइने ¥यापिड रेस्पोन्स टिमका संयोजक तथा अस्पताल निर्देशक डा. गौरीशंकर साहले जानकारी दिए ।