धरान  / नेपालको लोकप्रिय शो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधी हिमेश पन्तले पाएका छन् ।
शनिबार राती भएको ग्राण्ड फिनालेमा दुई उत्कृष्ट प्रतिस्पर्धीहरुलाई भोटमा पछि पादैं हिमेश विजेता घोषित भएका हुन् ।

कमेडी च्याम्पियनको फिनालेमा खड्ग बहादुर पुन मगर र सुमन कोइरालालाई उछिनेर उनी कमेडी च्याम्पियन बन्न सफल भए थिए । भोटका आधारमा उनी च्याम्पियन बन्दा २५ लाख र एउटा गाडी उपहार पाए । तीनै जनाले कमेडी च्याम्पियनको टिमसँग वर्ल्ड टुरको अवसर पनि पाएका छन् ।

कान्तिपुर टिभीले शोको प्रशारण गरेको थियो । विशाल भण्डारीको निर्देशनमा यस शोको संचालन भउको थियो ।