देउराली । धरान प्रदेश १ को पर्यटकीय हब बनाउने भन्दै विभिन्न समयमा धरानमा पर्यटनका विभिन्न चर्चा गरिँदै आएको छ । तर, पछिल्लो समय पर्यटनको विकासको प्रमुख आधार मानिएको धरानका होटल व्यावसायीहरु भने आफ्नो व्यावसाय विस्तार गर्न नसकेको बताउने गरेका छन् ।

धरानमा सुरक्षाको कारण देखाएर सम्साझैं बजार बन्द गर्दा धरानको पर्यटनको विकास नहुने व्यवसायीकाे भनाइ छ । पर्यटकीय विकासका लागि सरकार, व्यावसायी र नागरीक एक भएर अघि बढ्नुपर्ने हाेटल व्यवसायी समितिका संयाेजक मनाेजकुमार मेन्याङ्ग्बाेले बताए ।  समितिले धरानको पर्यटनमा बृद्धि गर्न नसकेकाे भन्दै तीनै तहका सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । 

संघीय सरकारलाइ बैंकको व्याज छुट र किस्ता ताकेता नगरी दिन तथा किस्ता सहुलीयत गरी दिन माग सहितकाे ४ बुँदे माग पत्र बुझाउने भएका छन् । त्यस्तै पर्यटकीय विकास गर्न पूर्वाधारका लागि मन्त्रालय तथा विभागमा एवं पर्यटन वाेर्डमा समन्वय गर्दै लगानी गरिदिन माग समेत राखेकाे छ ।

त्यस्तै, प्रदेश सरकारलाइ धरानलाई पर्यटन क्षेत्रमा घोषण गरेको कार्यक्रमको तुरन्त लागू गर्न मागसहित ९ बुदे ज्ञापन पत्र बुझाउने भएको छ । धरानको पर्यटन व्यावसाय गम्भीर संकटमा परेको जनाउदै पर्यटन व्यावसायलाई रुग्ण व्यावसाय घोषणा गर्न माग गरेकाे छ  । राहत व्याकेजको घोषण गर्नुका साथै कर, शुल्क तथा दस्तुरहरुमा छुट गर्न माग समितिले ११ बुँदे ज्ञापनपत्र स्थानीय सरकारलाइ बुझाउने भएको छ । 

समितिले कोरोनाका कारण व्यवसाय ठप्प बनिरहको अवस्थामा होटल भवनलाई क्वारेनटाइन समेत बदल्नु पर्ने परिस्थितिको मध्यनजर गर्दे घरभाडामा केही महिनाका लागि छुट गरीदिन घरधनीलाई अनुरोध गरेकाे छ ।