काठमाडौं । लोकदोहोरी क्षेत्रमा ख्याती कमाएकी गायिका जमुना आचार्यको ‘ए कान्छा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

लोकगीतको क्षेत्रमा ‘टप्पा गीत’ को संज्ञा दिइएको यो गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । जसमा आचार्यलाई गोकर्ण राना मगरले साथ दिएका छन् । सामाजिक विषयवस्तु समेटिएको गीतले नेपाली समाजलाई तान्न सक्ने खुबी रहेको गायिका आचार्यले बताइन् ।

उनले लोकगीत मानिए पनि यसमा प्रेमीप्रेमिकाको जीवन भोगाइलाई गीतमा समावेश गरिएको छ । गीतलाई गायिका आचार्य स्वयम्ले लेखेकी हुन् भने लय पनि उनैले संकलन गरेकी हुन् । धन कमाउने सपना बोकेर विदेशिएकाहरूको सम्झनाको भावलाई समेटिएको छ । रूपा थापा अधिकारीको निर्देशनमा बनेको भिडियोमा रूपा थापा अधिकारी र कमल खनालको अभियन रहेको छ ।

भिडियाेसहित

https://www.youtube.com/watch?v=auPx4tXIIvE&feature=emb_logo