धरान / कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमणबाट विश्वभरि ज्यान गुमाउनेको सङ्ख्या बुधबार विहानसम्म ८२ हजार २६ पुगेको छ । मंगलबार साँझसम्म ७४ हजार ८२० थियो । १२ घण्टाको अवधीमा ८ हजारको मृत्यु भएको छ । हिजोसम्म विश्वमा १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित थिए । तर आज बढेर १४ लाख ३० हजार बढि संक्रमितको संख्या पुगेको छ । संक्रमितको संख्या र मृतकको संख्या तिव्र रुपमा बढेर गएको छ ।
अमेरिकामा १२ हजार भन्दा बढि, स्पेनमा १७ हजार बढि, इटालीमा १४ हजार बढि, फ्रान्समा १०हजार बढिको र्मत्यु भइ सकेको छ ।
छिमेकी भारतमा ५ हजार ३११ जना संक्रमितको संख्या पुगेको छ । मृत्यु हुनेको संख्या १५० पुगेको छ ।
१२ घण्टाको अवधीमा विश्वमा ८ हजारको मृत्यु (कहाँ कति मरे विवरणसहित)
कोरोना संक्रमण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































