पथरी / लकडाउनको मौका पारेर मोरङको पथरीशनिश्चरे नगरपालिका–१ पूर्व बस स्टेन नजिकै शुक्रबार दिउँसै अवैध रुपमा तीन वटा रुख ढालिएको पाइएको छ ।
पथरीको ट्राफिक प्रहरी कार्यालयदेखि दक्षिणमा रहेको धिमाल समुदायको सांस्कृतिक स्थलमा तीन वटा सालको रुख ढालिएको हो । शुक्रकार दिउँसो २ बजे दुई वटा रुख ढाली सकेपछि तेस्रो रुख ढाल्दै गर्दा सव डिभिजन वन कार्यालय पथरी र सव डिभिजन कार्यालय उर्लाबारी मंगलबारेको वन रक्षक टोली त्यहाँ पुगेका थिए ।
वन कार्यालय पथरीको प्रमुख महोमद अलाउदिनले रुख ढाल्ने पारस बुढाथोकी, शंकर लिम्बू पहिचान भइसकेको बताएका छन् । उनीहरु काम गर्ने लेबरहरु बुझिएको छ । कर्मचारी त्यहाँ पुग्दा अभियुक्तहरु फरार भएको अलाउदिनले बताए । घटना स्थलमै भेटिएको १ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बूले आफूलाई सो बिषयमा जानकारी नभएको बताए ।