ब्लाष्टखबर ।  धरान  १७ न. वडाका अति विपन्न परिवारहरुका  राहत प्रदान गर्नकालागी धरान १७ समाज हङकङद्धारा वडा समितिमा राहत सामग्री प्रदान गरेको छ । 

मंगलबार ३ लाख ५९ हजार ५ सय रुपैया बराबरको राहत सामग्री हङकङ समाजका पदाधिकारीहरु १७ न. वडाध्यक्ष मनोज भट्टराईको हातमा प्रदान गरिएको सामाजका सहसचिव श्री राईले जानकारी बताएका छन्।

उनले राहत सामग्रीमा ३ हजार ५ सय केजि चामल, ३ सय ५० लिटर तेल, ३ सय ५० केजि नुन र ३ सय ५० केजि दाल वडाध्यक्ष भट्टराईलाई हस्तान्तरण गरेकाे बताएका हुन् । धरान सत्र निवासि हाल हङकङमा रहकाहरुबाट राहतका लागि आर्थिक संकलन गरिएको समाजका अध्यक्ष मधुकुमार राईले बताएका छन् ।

हङकङ समाजले प्रदान गरेकाे उक्त राहत अति विपन्न ३ सय ५०  परिवारलाई दोहोर्याएर दिइने वडाध्यक्ष  भट्टराईले बताएका छन् । उनले १७ न. वडा समितिले अहिले सम्म २ हजार ४ सय विपन्न वडा बासिहरुलाई राहत प्रदान गरिसकेको समेत जानकारी गराएका छन् ।

राहत सामग्री प्रदान कार्यक्रममा धरान सत्र समाज हङकङका सदस्य कवि राई, देवकुमार राई, किशोर राई, दिलिप राई, समाजका धरान प्रतिनिधि सतिश केसि, युवा नेता नरसिंह राई लगायतको उपस्थिति रहेको थियो ।