मधुमल्ला /  मोरङको मिक्लाजुङ गाउँपालिकाको बिपद् व्यवस्थापन तथा राहत कोषमा चार सय केजी चामल हस्तान्तरण गरिएको छ । सोमबार मिक्लाजुङमा रहेको नुनसरी माछापालक कृषक समुहले सो सहयोग हस्तान्तरण गरेको हो ।

सोमबार मिक्लाजुङ गाउँपालिकामा नुनसरी माछापालक कृषक समुह मिक्लाजुङका अध्यक्ष गणेश मगर सहति पदाधिकारीहरु तिलबिक्रम बोहोरा, कुमार मगर, गजिन पोख्रेल सहतिको टोलीले मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यलाई सो खाध्य सामग्री हस्तान्तरण गरेका हुन ।

कोरना भाइरसका कारण लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने र अति बिपन्न तथा गरिब परिवारका सदस्यहरुलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले चार सय केजी चामल करिब २० हजार रुँपैया बराबरको सामग्री हस्तान्तरण गरिएको नुनसरी माछा पालक कृषक समुहका अध्यक्ष गणेश मगरले बताए ।