लक्ष्मीमार्ग / कोरोना भाइरसको महामारीबाट बच्नका लागि नेपाल सरकारले लागु गरेको लकडाउनमा कुनै पनि परिवार भोकै बस्नु नपर्ने अवस्था सिर्जना गर्नका लागि ‘एकका लागि एक’ अभियान सहारा नेपालले सुरु गरेको छ ।
अभियानले मोरंगको सुन्दरहरैचा ११ शुक्रवारे टोलस्थित मंगलवार ३६ बिपन्न परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । वडाध्यक्ष विशनलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एकका लागि एक अभियानको कुपन बिराटचोक इलाका प्रमुख ओम प्रकाश साह र शाखा प्रमुख मोतिखर सञ्जेल, धर्मराज अधिकारी तथा अन्य कर्मचारी भुपेन्द्र सापकोटा र लिला लुईटेलले वडाध्यक्ष चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
सोही समयमा विपन्न परिवारलाई राहत सामाग्री हस्तान्तरण गरीएको थियो । राहत समाग्रीमा २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल र २ पिस नुहाउने र लुगा धुने साबुन रहेको इलाका प्रमुख ओमप्रकाश साहले जानकारी गराए । राहत पश्चात वडाध्यक्ष चौधरीले यस्तो महामारीको परिस्थितिमा एकका लागि एक अभियान प्रभावकारी रहेको बताए ।
हरेक परिवारले एक विपन्न परिवारलाई सहयोग गरे कोही भोकै नहुने भन्दै अभियानका अभियान्ता र सहयोगी हातहरुलाई धन्यवाद दिए । हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मोरंगका अध्यक्ष सुबोध सिंह र मोरंग जिल्ला समन्वय समीतीका सदस्य विषेश्वर ढकाल र स्थानीय समाजसेवी समेतको उपस्थिति रहेको थियो ।
झापाका समाजिक अभियान्ता तथा सहकारीकर्मी महेन्द कुमार गिरीले आपसी सहयोग अभियान घोषणा गर्दै विपन्न नागरिकका लागि राहत जुटाउने उद्देश्यले यो अभियमन सुरु गरेका हुन । यो अभियानमा नेपाल रेडक्रस, जिल्ला सहकारी झापा, गैर सहकारी संस्था महासंघ, राष्ट्रिय उपभोक्ता महासंघ, वीरता जेसीस, रोटरी क्लब बिर्तामोड, राष्ट्रिय सहकारी बैंक, सहारा नेपाल, लायन्स क्लब सुरुंगा, नेप्लीज टिन्स, जेसिज पुर्व अध्यक्ष समाज झापा, लायन्स क्लब बितामोड, बिर्तामोड उध्योग वाणिज्य संघ, मेची पेट्रोल डिलर एसोसिएसन र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगायत १५ संघसंस्था संलग्न छन ।