संखुवासभा । शिक्षक महासंघ खाँदबारी कार्यसमितिले खाँदबारी नगरपालिकाको कोरोना राहत कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ ।
नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूबाट प्राप्त रकम १० लाख ९१ हजार ७ सय रुपैयाँ संकलन गरी बिहीबार हस्तान्तरण गरिएको महासंघका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए ।
नगर प्रमुख मुरारिप्रसाद खतिवडालाई चेक हस्तान्तरण गरे । प्रावि तथा निमावि तहका शिक्षकहरूबाट ३ दिनको तलब र मावि तहको शिक्षकहरूको ५ दिनको तलब कोषमा जम्मा गरेका हुन् । प्रावि र निमावि तहका शिक्षकहरूले ६ लाख ८५ हजार ७ सय ६८ रुपैयाँ र मावि तहका शिक्षकहरूले ४ लाख ५ हजार ९ सय रुपैयाँ कोषमा रकम दिएका हुन् । नगर भित्र करिब ३ सय शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् ।