धरान । धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हातीसार अनेरास्वियु इकाइ कमिटीले शुक्रवार क्याम्पसको खालि जग्गामा बृक्षारोपण गरेको छ । क्याम्पसको भिरालो र पाखा जग्गामा बिभिन्न ४० प्रजातिका वोट बिरुवा रोपेको हो ।

लकडाउनमा धरानमा रहेका विद्यार्थीहरु जम्मा भएर प्रशासनसँग सहकार्य गरि वृक्षारोपण गरिएको अनेरास्ववियु क्याम्पस सह सचिब पेशलराज कार्कीले जानकारी दिए । रुद्राक्ष, चिउरी, कटहर, शिरिस तथा जामुन प्रजातीका विरुवा रोपिएको समेत उनले बताए । अनेरास्ववियु सकारात्मक कामका लागि जस्तो सुकै परिस्थितीमा पनि विद्यार्थी र क्याम्पसलाइ सहयोग गर्न तयार रहेकाताउछन् ।

अध्ययनका लागि पनि यस्ता बोट विरुवा आवश्यक पर्ने भएकाले स्वच्छ वातावरणका लागि पनि बोटविरुवा आवश्यक भएकाले वृक्षरोपण गरिएको स्नातक दोश्रो बर्षमा वनस्पति शास्त्र अध्य्यनरत मेजावी श्रेष्ठले बताइन ।

अनेरास्ववियुको प्रस्तावमा विद्यार्थीहरुको सहभागितामा आफु्हरुले बोटविरुवा लगाउने काम गरेको क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बूले जानकारी दिए । उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष पशुपती मिश्र, सहायक क्याम्पस प्रमुख हेमन्त खनाल, शिक्षकहरु, कर्मचारि, स्ववियु सभापति सौरभ सन्जेल, अनेरास्वियु अध्यक्ष अशिष प्रधानलगायतको सहभागीता रहेको थियो ।