विराटनगर/उदयपुरको बेलका नगरपालिका २ घर भइ विराटनगर – ३ मा डेरा गरि बस्ने २४ वर्षिय श्वेता पोखरेललाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा पक्राउ परेका पूर्व प्रेमि पुर्पक्षको लागि थुनामा गएका छन् ।

मोरङ अदालतका न्यायधीश राजेन्द्र अधिकारीको इजालशले पक्राउ परेका सुन्दरहरैचा नगरपालिका – १० का २५ वर्षिय सविन पराजुली पुर्पक्षको लागि बुधबार थुनामा गएका हुन् ।

दुरूहासन गर्न बाध्य बनाएको आरोपमा सविनलाई मोरङ प्रहरीले गत असार ८ गते पक्राउ गरेको थियो । मोरङ प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत सविनलाई प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता गरेको हो ।

गत असार ७ गते श्वेताले डेरा गरि बस्ने कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । महेन्द्र मोरङ क्याम्पसमा बि.एस.डबलू. दोस्रो वर्षमा अध्ययरत श्वेताको विगत तीन वर्षदेखि सविनसँग प्रेम सम्बन्ध थियो । अत्महत्या दुरुत्सान मुद्दामा पक्राउ परेका सविनले प्रहरीले दिएको बयान हामीले यहाँ प्रस्तुत गरेका छौं ।

२०७४ सालमा म विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा B.B.A. दोश्रो वर्षमा अध्यनरत रहँदाको अवस्थामा तिहारको छुट्टि भएपछि आफ्नो घर गएको बेलामा मामा माइजुलाई भेट्न जाँदा स्वेतासँग चिनजान तथा बोलचाल भएको थियो । स्वेताको माइजू र मेरो माइजु आफ्नै सहोदर दिदी बहिनी हुन् । बोलचालको क्रममा हामीले एकअर्काको मोवायल नम्बर लिने दिने गर्यौ र त्यसपछि हामी विचमा फोन सम्पर्क हुँदै आएको थियो । तिहारको छुट्टी सकिएर क्याम्पस लाग्न थालेपछि म विराटनगर स्थित रोडशेषमा रहेको आफ्नो कोठामा आई पढ्न थालें । स्वेता पनि मोरङको टंकिसिनवारीस्थित मामाको घरमा बसी विराटनगर स्थित इडेनवर्क क्याम्पसमा B.B.S. पहिलो वर्षमा अध्यनरत थिइन् ।

हामी विचमा बोलचाल भएको लगभग २ महिनापछि मैले स्वेतालार्ई विराटनगर स्थित रोडशेषमा भेट्न बोलाएको र भेट्न आए पश्चात् एउटा चिया पसलमा गई चिया खाँदै कुराकानी गर्दै गरेको अवस्थामा मैले प्रेम प्रस्ताव राखेको हो र उनले सहजै स्वीकारिन् । त्यसपछि हामी विचको प्रेम सम्बन्ध दिन दिनै बढ्दै गयो । स्वेता आफ्नै सोच विचारले पढ्दै गरेको क्याम्पसमा पढाई छाडी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा २०७५ सालमा B.S.W. कोर्ष पढ्न थालेपछि हाम्रो भेटघाट प्राय जसो हुन थाल्यो ।

क्याम्पसमा छुट्टी भएको बेला कहिलेकाँही हामी मात्रै र कहिलेकाँही क्याम्पसका अन्य साथीहरू सहित घुमफिरको लागी इटहरी, धरान, भेडेटार तिर जाने आउने गर्थ्यौं । स्वेता महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पढ्न थालेको केही महिनापछि विराटनगर स्थित वन कार्यालयको छेऊमा कोठा लिएर बस्न थालिन । हामी दुबै जनाको मन्जुरीले कहिले उसको कोठामा त कहिले मेरो कोठामा शारीरिक सम्बन्ध हुँदै आएको थियो । २०७६ साल भाद्र महिना तिर मैले B.B.A. अन्तिम परिक्षा दिए पश्चत् क्याम्पसमा छुट्टी भएपछि रिजल्ट नआएसम्म म आफ्नो घर विराट चौकमा बसें ।

कहिलेकाँही स्वेतालाई भेट्न आउने जाने गर्थे, मेरो रिजल्ट आएपछि म पास भएँ र २०७६ सालको पुस महिनादेखि M.R. (औषधि व्यापार) को काम गर्न थालें । यस्तैमा २०७७ जेठ ३१ गते शनिवारको दिन विराटनगर आएको बेलामा स्वेतसँग रोडशेषमा भेटघाट हुँदा सामान्य कुराकानी भई आफ्नो मोटरसाइकलमा बसाई उसको कोठासम्म पु¥याई आफ्नो घर गए ।

त्यसको भोलीपल्ट स्वेताले प्रयोग गर्ने मोवायल बाट मलाइ म्यासेज पठाए मेरो मामा माइजूले जबरजस्ती विवाह गरि दिंदै हुनुहुन्छ म अरूसँग विवाह गर्दिन, हामी विवाह गरौं भनेर म्यासेज पठाउँदा मैले यो विषयमा सरसल्लाह गर्नुपर्छ, १ बर्ष जति विहे रोक्नुपर्छ, त्यसपछि हामी विवाह गरौंला भनेर पठाए । पछि स्वतोले हुन्छ भोली कुरा गरौंला भन्ने सम्मको म्यासेज पठाएकी थिइन ।

त्यसको भोलीपल्ट हामी विचमा कुनै कुरा भएन र २०७७ असार १ गते राती ७ बजे तिर स्वतोले आफ्नो मोवायल नम्बरबाट म्यासेज पठाई मेरो मामा माइजूको भनाई अनुसार नै विवाह गर्ने भएँ, तिम्रो लागी म धोकेवाज भएपनि कहिलेकाँही बोल्दै गर्नु भनेर म्यासेज पठाएपछि पनि मैले घरमा कोसँग सल्लाह गर्नुपर्छ म गर्छु, १ बर्षसम्म पर्खिने वातावरण मिलाउँ भन्दा स्वतोले सम्भव छैन, म घर परिवारको कुरा काट्न सक्दीन, यस्तै भयो भनेर म्यासेज पठाई मेरो नम्बर ब्लक लिस्टमा राखिन् र सोपश्चात् हाम्रो कुरा भएन ।

त्यसपछि मैले स्वेता को सँग विवाह गर्दै छिन भन्ने कुराको खोजिनिती गर्दै जाने क्रममा संजिव सुवेदीसँग विवाह गर्न लागेको कुरा मिति २०७७ असार ६ गते तिर थाहा पाई मैले सुवेदीको फेसबुक प्रोफाइल हेर्दा मसँग फ्रेन्ड रहेकी बहिनी सँग संजिवलाई फ्रेन्ड देखेर मैले ती बहिनीसँग म्यासेन्जरमा कुराकानी गर्दै संजिवको बारेमा बहिनीलाई सोध्दा मेरो फुपूको छोरा हो, मेरो दादा पर्नु हुन्छ भनेर वताइन् ।

मैले स्वेतासँग तिम्रो दादाको विवाह हुन लागेको छ, स्वेता मेरो गर्लफ्रेन्ड हो भन्ने कुराको जानकारी गराउँदै स्वेता र म सँगै भएर खिचेको फोटाहरू पठाइ दिई यो सबै संजिवलाई देखाउनु भनेर कुरा गर्नुको साथै तिम्रो दादा संजिव पनि विराटनगर घर भएकै मानिस रहेछन । हाम्रो प्रेम सम्बन्धको बारेमा पछि थाहा पाउँदा उनीहरुको जिन्दगी नराम्रो नहोस् ।

संजिवले हाम्रो प्रेम सम्बन्ध थाहा पाएर विहे गर्न खुशी छन् भने म बिचमा आउने छैन् भनी म्यासेज पठाई संजिवलाई म्यासेज देखाएपछि तिम्रो मोवायलमा भएको म्यासेज सबै डिलेट गरिदिनु भनेर पनि म्यासेजबाटै जानकारी गराएँ । त्यसको भोलिपल्ट पुन ः बहिनीसँग म्यासेन्जरमा गफ हुँदा विहे क्यान्सिल भयो भनेर म्यासेज पठाएपछि मैले किन क्यान्सिल भयो भन्दा संजिव दादाले सबैतिर बुझ्नु भएछ, तपाईहरूको प्रेम सम्बन्ध रहीरहेको थाहा पाउनु भयो, त्यही भएर विहे क्यान्सिल गर्नु भयो ।

स्वेताको घरमा ३ जना दिदी बहिनीहरू मात्र भएको कारण तपाईले निजसँग विवाह गर्न इन्कार गर्नु भएको जस्तो कुरा समेत संजिव दादालाई स्वेताले वताएको भन्ने कुरा बहिनीले मलाई लेखी पठाएपछि मलाई एक्कासी रिस उठेर आयो, त्यसपछि मैले को स्वेता, म चिन्दिन भनी म्यासेज पठाएर बहिनसँग पनि खासै कुरा गर्न मन लागेन । त्यस पश्चात् हाम्रो प्रेम सम्बन्ध तथा स्वेताको हुन लागेको विवाह सम्बन्धमा मैले कुनै कुरा कसैसँग नगरी आफ्नै तनावमा रही बसेको अवस्थामा मोवायल हेर्दा स्वेताले प्रयोग गर्ने मोवायल मोवाइलबाट विहे क्यान्सिल भयो, खुशी हुनु भयो होला, टेनसन मलाई भयो भनेर म्यासेज पठाएकी थिइन् तर मैले कुनै वास्ता गरिन् ।

मेरो र स्वेताको विचमा म्यासेज मार्फत भएको कुराकानीको म्यासेजहरू तथा स्वेता पोखरेलसँग रहेको प्रेम सम्बन्धको बारेमा मैले म्यासेज मार्फत बहिनी र साथीसँग गरेको कुराकानीको म्यासेजहरू सबै डिलिट गरिदिएँ । सोही मितिको राती असार ७ गते ८ बजेतिर स्वेतालले आफ्नो कोठामा झुण्डिएर आत्महत्या गरेको कुरा साथीहरूले सुनाउँदा थाहा पाएपछि मलाई धेरै नै मानसिक तनाव भयो, म रूँन थालेपछि साथिहरूले मलाई सम्झाउन थाल्यो ।

त्यसको भोलीपल्ट म आफ्नै घरमा रहे बसेको अवस्थामा प्रहरीहरु मेरो घरमा आई स्वेताले तिम्रो कारणले आत्महत्या गरेको भनी मुद्दा हालेको छ, सोही घटनाको अनुसन्धानको लागी तपाईलाई लिन आएको भनी मलाई पक्राउ गरी ल्याएको हो । यदि स्वेता पोखरेलले मेरै कारणले आत्महत्या गरेको हो भने म आफूलाई निजको दोषी भएको स्वीकार्छु ।
(अदालतमा दायर भएको अभियोग पत्रमा सविनले प्रहरीलाई दिएको बयान ।)