धरान / इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत घुसरकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
इटहरीस्थित वीपी चोकको एक चिया पसलबाट लेखा अधिकृत विकास पोखरेललाई घुस लिएको रकमसहित रंगेहात पक्राउ गरेको हो ।
उनको साथबाट ६५ हजार घुस लिएको रकम पनि वरामद भएको अख्तियारश्रोतले जनाएको छ ।