उर्लाबारी । कोभिड–१९ का कारणल तहस नहस बनेको शिक्षण संस्था संचालन भईरहेका सिकाईका बैकल्पिक विधी श्रावण १ गते देखि स्थगन भएको व्यहोरा सहित उर्लाबारी नगरपालिकाका संस्थागत बिद्यालयहरुको दुई छाता संगठनले शुक्रबार ध्यानर्कषण पत्र दिएका छन ।
नगर प्रमुख खड्ग फागोलाई नगर स्थित प्याब्सन र एन प्याब्सनले संयुक्त रुपमा बुझाएको उक्त पत्रमा कोभिड–१९ का कारण बिद्यालयहरु पूर्णरुपमा बन्द भएको अवस्थालाई ध्यानमा राखी सिकाईका वैकल्पिक अनलाईन र भर्चुअलको माध्यमबाट कक्षाहरु संचालन गरेको भएता पनि अधिकांश बिद्यार्थीहरुको पहुचँ उक्त विधीमा नपुगेकोले बिद्यालयक भौतिक अवस्थालाई मध्य नजर गर्दैैै आलोपालो वा जोर बिजोर प्रणाली अन्र्तगत बिद्यालय संचालन गर्ने वातावरण निर्माण गर्न भनीएको छ ।
उक्त पत्रमा सामन्य अवस्था समेत १ सय ८० देखि १ सय ९० दिन बिद्यँलय संचालन हुने भएकोले सार्वजनिक विदाको अवधी र जाडो विदाको सदुपयोग गरी पाठ्यक्रम पुरा गर्ने र नयाँ शैक्षिक सत्र शुरु भएको देखि १ महिनाको मासीक शुल्क छुट् गरी अन्य सवै शुल्क संकलन गर्न पाउने व्यवस्था गर्न उल्लेख गरीएको छ ।
नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र सुवेदी र एन प्याब्सनका अध्यक्ष दिपक न्यौपानेको संयुक्त हस्ताक्षर भएको उक्त ८ बुदे पत्रको बुदा नं. ७ मा २०७६ को पुरा शुल्क संकलन गर्न नभएको र २०७७ बैशाख देखि अभिभावकसंग कुनै शुल्क नलिएकोले बिद्यालयमा आर्थीक संकट उत्पन्न भएको हुँदा बिद्यालयका शिक्षक–कर्मचारीलाई उचित सहयोग गर्न समेत भनीएको छ ।
यस बिषयमा नगर प्रमुख फागोले नगरको शिक्षा शाखा, प्याब्सन, एन प्याब्सन र अभिभावक संघ सहित सरोकारवालासंग छलफल गरी चाँडै उचित निर्णयमा पुग्ने बताउँदै बिद्यालयका श्रमजिवी शिक्षक–कर्मचारीहरुमा परेको आर्थीक समस्या एवं बिद्यार्थी र अभिभावकहरु शैक्षिक समस्याका बिषयमा समेत छलफल गरी सहमती गर्ने बताएका छन ।
यसै बिच निजी तथा आवासिय बिद्यालयहरुका कार्यरत शिक्षक कर्मचारीहरुले गत चैत्र महिना सम्मको तलव तथा बैशाख देखि कामको सुनिश्चिताको माग गर्दै नगर प्याब्सनमा एक साता अघि ज्ञापन पत्र दिएको थियो । उक्त मागका बिषयमा चैत्र सम्मको भूक्तानी दिन बाकी रहेका बिद्यालयहरुले श्रावण १५ गते भित्रमा चैत्र सम्मको तलव सुविधा दिने र कामको सुनिश्चिताका बिषयमा आपसी छलफल गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।