विराटनगर । मोवाईल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सप्तरी बेलही चपेना गाउँपालिका ३ का २४ वर्षिय संजय मण्डल र सोही ठाउँका २० वर्षिय ओम कुमार मण्डललाई मोरङ प्रहरीले मोवाइल चोरी आरोपमा पक्राउ गरेको हो ।
उनीहरूले आसार ३० गते विराटनगर महानगरपालिका १३ स्थित सैनिक टोल ममता कुमारी मण्डलको डेरा कोठामा राखेको मोवाईल तथा पावर बैंक समेत चोरी गरेको आरोप छ ।
मण्डलले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शुक्रबार विराटनगर महानगरपालिका ४ स्थित राजेन्द्र कुमार कार्कीको घरबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।