ब्लाष्टखबर । सिराहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवर्ण यादव माथि आक्रमण भएकाे छ । औरही गाविसका पूर्वअध्यक्ष सुवर्ण यादवमाथि शुक्रबार राति आक्रमण भएको हो । 

यादव सुतिरहकाे बेला गाउँपालिका ५ स्थित आफ्नै घरमा अज्ञात समूहले उनिमाथि आक्रमण गरकेाे बताइएकाे छ । आक्रमणमा परि यादवकाे शरीरका विभिन्न भागमा बमको छर्रा लागेकोले बताइएकाे छ । 

परिवारका सदस्यले यादवलाई लक्षित गरि बम विस्फोटले भएकाे बताएपनि  सिरहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले बम पड्किएको कुनै प्रमाण फेला पर्न नसकेको बताएका छन् ।   ‘हामी अहिले घटनास्थलमै छौं,’ उनले भने, ‘खरानी र बारुद कतै फेला परेको छैन । घटनाकाे थप अनुसन्धान भइरहेकाे छ ’ उनले भने ।