धरान / चेक बाउन्स मुद्दामा २ बर्ष कैद ठहर भई हाल फरार रहेका जिल्ला झापा गौरादह नगरपालिका वडा नं। ०६ घर भई हाल धरान १६ का प्रकाश सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई शनिवार विहान घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
ललितपुर अदालतको २०७६ चैत ७ गतेको फैसला आदेश अनुसार वादी काजलदिप राणा र प्रतिवादी प्रकाश सम्बाहाम्फे भएको चेक अनादर ९बिगो० मुद्दामा उनी फरार रहेका थिए ।
कैद जरिवाना असुल उपरको लागी ललितपुर जिल्ला अदालत पठाई आज कैद भुक्तानको लागी नक्खु कारागार पठाइ सकिएको डिएसपी बस्नेतले जानकारी दिए ।