विराटनगर / अवैध लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ स्थित सुनसरी पेट्रोलपम्प सडक खण्डमा एक जना भारतीय नागरिकलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ पर्ने भारत बिहार राज्य अररिया जिल्ला जोगवनी १२ स्लामपुर बस्ने २० वर्षका तरीकवन अनवरलाई ब्राउन सुगरसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परका अनरवलले चलाएको साईकल रोकी शरीर खनतलासी गर्ने क्रममा साईकलको सिटमुनीबाट लागूऔषध खैरो हिरोईन ७ पोकामा ३५ ग्राम ५६० मिलिग्राम फेला पारी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भई रहेको मोरङ प्रहरीका डिएसपी लोक र्दशन थापाले जानकारी दिए ।
यस्तै आइतबार लागू औषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ स्थित विराटनगर रानी सडकखण्डबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ६ का २० वर्षीय राज दास र सोही ठाउँका २० वर्षीय सुमित दासलाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । शंकास्पद रुपमा बाटोमा हिडिरहेको अवस्थामा उनीहरुलाई रोकी शरीर तलासी गर्ने क्रममा राज दासको साथवाट ६० चक्की लागू औषध नाइट्राभेट र सुमित दाशको साथबाट पनि ६० चक्की लागू औषध नाइट्राभेट बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।