विराटनगर । बाल यौन दुव्र्यवहार आरोपमा पक्राउ परेका विराटनगर – ८ अशोक चौकमा रहेको मदरसाका मोलबी (प्रधानध्यापक) विरूद्ध मोरङ अदालतमा मुद्दा दर्ता भएको छ ।
दुई जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयका मोलबी ४१ वर्षिय अमिरुदिन भन्ने महमद अमिर मियाँ विरूद्ध अदालतमा मुद्दा दर्ता भएको हो ।

प्रहरी हिरासतमा रहेका अमिरको मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मोरङ अदालतमा मुद्दा दर्ता गरेको हो । ‘बाल यौन दुव्र्यवहार’ मुद्दामा अदालतमा अभियोग दर्ता भएपछि मंगलबारदेखि बयान सुरू भएको अदालतमा श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए ।

Pakru1

उनका अनुसार प्रतिवादीको अदालतको ७ नम्बर इजालशमा बयान सकिएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसमा बादी र प्रतिवादीका कानुन व्यवसायीहरूले बसह गरेपछि अदालतले आदेश दिन्छ । थुनछेक बहसपछि अदालतले प्रतिवादीलाई पूर्पक्षको लागि थुनामा राख्ने, धरौटिमा छोडन वा साधरण तारेखमा छोडने आदेश हुन्छ ।

मोलबीले अमिर विरूद्धले गत माघ ७ र माघ ८ गते गरि मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । छात्राहरूले मोलबी विरुद्ध मोरङ प्रहरीमा जाहेरी दर्ता गराएपछि फरार भएका थिए । घटना भएको ६ महिनापछि यौन दुव्र्यवहार आरोप लागेको मोलवी अमिर मोरङ प्रहरीमा आत्मसम्र्पण गरेका थिए ।

मदरसामा अध्ययन गर्ने क्रममा गृहकार्य सुनाउन कोठामा जाँदा मोलवी अमिरुद्धिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुब्र्यवहार गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेखछ । माघ ८ गते बुधबार, यौन दुब्र्यवहार भएपछि पीडित छात्रा भोलीपल्ट मदरसा जान मानेकी थिइनन । उनकी आमाले मदरसा जानैपर्ने जोड गरेपछि पीडित बालिकाले आफ्नी आमालाई मोलवीले गरेको दुब्र्यवहारको बिषयमा जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।

मोलवी अमिरुद्धिले यसअघि गएको माघ ७ गते समेत आफ्नै मदरसामा अध्ययनरत अर्की एक १४ बर्षिय छात्रालाई समेत यौन दुब्र्यवहार गरेको आरोप छ । दैनिक ६ बजेदेखी ८ बजेसम्म चल्ने मदरसामा माघ ७ गते मंगलबार अध्ययन गर्न गएकी अर्की छात्रालाई समेत अमिरुद्धिनले सुन्तला खान दिने प्रलोभन दिएर कार्यालय कोठामा लगेर दुब्र्यवहार गरेको अभियोग पत्रमा उल्लेखछ । २०६४ सालदेखी सो मदर्सामा अध्यापन गराउदै आएका मोलवी अमिरुद्धिनले छात्राहरुलाई यसअघिपनि पटकपटक यौन दुब्र्यवहार गर्दै आएको स्थानियको भनाई छ ।

तीन वर्ष कैद र ३० हजार जरिवनाको मागदाबी
कसैले बालयौन दुरूपयोग गर्न वा गराउन हुँदैन । कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग् अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरमा बालयौन दुरूपयोग गरेको मानिनेछ ।

mudha-dartha1

यो प्रकरणमा मोलवी अमिरुदिनले दुई जना छात्रालाई बालयौन दुव्र्यवहार गरेको ठहर भए मुलुकी अपराध संहिता २०७४ को दफा २२५ को उपदफा (१) र (२) बमोजिम कसूर गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवना हुने कानुनी व्यवस्था छ । सोही कानुनी व्यवस्था अनुसार सरकारी वकिलको कार्यालयले उक्त मागदाबी सहित मोरङ अदालतमा अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला सहायक न्यायीधवक्ता मुकुन्द कुमार रेग्मीले जानकारी दिए ।

कारवाहीको माग राख्दै अदालत बाहिर प्रर्दशन
बाल यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई हदैसम्मको कारावहीको माग राख्दै पीडित परिवार र आफन्तहरूले प्रर्दशन गरेका छन् । अदालत परिसर बाहिर पीडित पक्षका आफन्तले प्लेकाटसहित मंगलबार प्रर्दशन गरेका हुन् ।

उनीहरूले बालयौन दुव्र्यहार गर्नेलाई कडा कारवाही गरिनुपर्ने, दोषिलाई उन्मुक्ति दिन पाइदैन, पीडित बालिकालाई न्या दिउलगायतको प्लेकाड सहिर्त प्रर्दशन गरेका छन् ।

pradashan1