- धनबहादुर पुरी
इटहरी । १९ बर्ष अघि ज्यान मारेको अभियोगमा सुन्दरहरैँचा ९ प्रेम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
२०५८ साल वैशाख उन्नाइस वर्ष अघि ज्यानमारेको अभियोगमा सुन्दर हरैँचा ९ का मोक्तानलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
लामो समय देखि गुण्डागर्दी तथा लुटपाटमा संलग्नहुदै फटाह कान्छालाई प्रहरीले पक्राउ गरेको हो ।
२०५८ साल वैशाख ४ गते राती ११ बजे इटहरीका रोशन चौधरीलाई हत्या गरेको अभियोग उनलाई लागेको थियो । फटाहा कान्छा भनेर चिनिने मोक्तान विरुद्ध सुन्दरहरैचाकै रमित मोक्तानले रोशनको हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उनी फरार सूचीमा रहेका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपीधर्मराज भण्डारीले लामो फरार सूचीमा रहेको बताए । पक्राउ परेका मोक्तानको म्याद थप गरी अनुसन्धान पश्चात् सुनसरी जिल्ला अदालतमा मिसिल पेस गरेको डिएसपी भण्डारीले बताए ।
मोक्तान समूहले २०५८ साल वैशाख ४ गते राती साँढे एघार बजे प्याराडाईज रेस्टुरेन्ट एन्ड पुल हाउसमा छुरीले हानी रोशनको हत्या गरेको प्रहरीको दाबी छ । लामो समयदेखि मोरङको सुन्दरहरैचा क्षेत्रमा गुण्डागदीमा संलग्न भएको प्रहरीले बताएको छ ।
को हुन प्रेम मुक्तान
पूर्वी नेपालको मोरङमा बस्दैं आएका कान्छा काठमाण्डौमा ट्याक्सी चलाउँन थालेका थिए । लामो समय देखि काठमाण्डौ क्षेत्रमा ट्याक्सी चलाउँन थालेको र अहिले लकडाउनको समयमा घर आएको बेला उनी पुरानो मुद्धामा पक्राउ परेका हुन ।
लुटपाट र गुण्डा गर्दीमा उनको नाम केही बर्ष अगाडी समेत बदनाम थियो । तर पछिल्लो समयमा ब्यवसायमा लागेका उनलाई पुरानो मुद्धामा प्रक्राउ गरेको प्रहरीको भनाई छ ।
पुरानो हत्याको फाइल खोतल्दैं इटहरी प्रहरी
इटहरी प्रहरीले पुरानो फाइल खोतल्न थालेको छ । इटहरी क्षेत्रका ठूला घट्नामा संलग्न भएका तथा पक्राउ नपरेका फरार अपराधीलाई खोज्न सुरु गरेको हो । लामो समयदेखि फ्छौंट नभएको मुद्धामा प्रहरीले तदारुकता देखाएको हो ।
२०७२ साल फागुन २० गते इटहरी–२ की १३ वर्षीया बालिका सपना भुजेलको हत्या गरेर खोलामा फालेको अवस्थामा शव फेला पर्यो तर हत्या कस्ले र किन ग¥यो भन्ने विषयमा अहिलेसम्म पत्ता लागेको छैन ।
२०७० मङ्सिर ४ गते खनारबाट सुवास काफ्ले हराए । पछि मङ्सिर ६ गते तत्कालीन हाँसपोसा गाविसको चारकोसे जङ्गलक्षेत्रमा जलेको अवस्थामा सुवासको शव भेटियो । सुवासकी श्रीमती ममता काफ्लेले श्रीमान्को हत्या आफ्नै जेठाजु रमेश काफ्ले, सुवास गौतम र रमेशका सवारी चालक नरेश चौधरीले गरेको भन्दै उनीहरूविरुद्ध २०७१ वैशाख १९ गते किटानी जाहेरी दिइन् । जेठाजु रमेशसहितका केही पुर्पक्षका लागि जेल चलान भए पनि रमेश अन्ततःनिर्दाेष साबित भएर छुटे । तर प्रहरीले सुवासको हत्या कसले गर्यो अझै पत्ता लगाउन सकेको छैन ।
लामो समयदेखि टुङ्गोमा नपुगेका इटहरीका आपराधिक घटनाका फाइलहरू खोज्दै गरेका इटहरीका डिएसपी धर्मराज भण्डारी पुराना मुद्धाका फरार अभियुक्तको खोजीमा लागेको बताए ।